काठमाण्डौं – बालुवाटारमा हुने कुनै पनि बैठकमा सहभागीता नजनाउने भन्दै आएका झलनाथ खनाल र माधव नेपाल समूहका साँसदहरु नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् ।
केही बेर अगाडीबाट बालुवाटरमा भएको बैठकमा सहभागी हुने र पार्टी भित्रै रहेर सर्घष गर्ने निर्णय सहित खनाल–नेपाल समूहका साँसदहरु बैठकमा सहभागी भएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरित काम गरेको भन्दै बैठकमा नजाने अडान लिएका खनाल–नेपाल समूहका साँसदहरु अन्तत् बालुवाटारमा भएको बैठकमा सहभागी भएका हुन् ।
नेपाल र खनाल नेपाल समूहले आफ्ना अडानलाई यतावत राख्दै संसदीय दलको बैठकमा जाने निर्णय गरेको एक नेताले बताए ।
खनाल–नेपाल समूहले बैठकमा गएरै अडानलाई कायम राख्ने र विधानविपरित भएका निर्णय खारेज नभएसम्म पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता ओलीसँग सहमति नहुने निष्कर्ष निकाले संगै बैठकमा सहभागी भएका हुन्।




















