काठमाण्डौं – नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । आज (शुक्रबार) दिउसाे ३ः०० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बस्ने भएको हो । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा पनि छलफल हुने अनुमान गरिएको छ ।
बैठकमा पार्टीलाई कसरी एकजुट बनाउने भन्ने विषयमा पनि छलफल हुने एमालेका एक नेताले बताइए । सर्वोच्च अदालतले नेकपा एमालेलाई व्यूंत्याएपछि संसदीय दलको बैठक ३ पटक बसे पनि नेपाल पक्ष सहभागी भएको छैनन् ।
आजको बैठकमा पनि नेपाल पक्षका सासदहरु सहभागी हुने नहुने बिषयमा अझै निश्चित भएको छैन । वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले बालुवाटारमा हुने कुनै पनि बैठकमा सहभागी नहुने बताउदै आएका छन् ।




















