एजेन्सी – अमेरिकामा २० करोड मानिसले कोरोना बिरुद्वको खोपा पाउने भएका छन् । राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिका हैसियतले काम गरेको पहिलो १०० दिनमा २० करोड नागरिकलाई कोरोनाको खोप दिने घोषणा गरेका हुन् ।
राष्ट्रपति बनेपछि आयोजित पहिलो आधिकारिक पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गर्दै लक्ष्य महत्वाकांक्षी रहे पनि यसमा आफूहरु सफलहुने विश्वास वाइडेले ब्यत्त गरेका छन् ।
अमेरिकामा अहिलेसम्म १३ करोड मानिसले खोप लगाई सकेका छन् । दैनिक करिब २५ लाख खोप लगाउने काम भईरहेको अमेरिकी सरकारले जनाएको छ ।
७८ वर्षीय बाइडेन अमेरिकाको इतिहासमै राष्ट्रपति हुने सबैभन्दा पाको व्यक्ति हुन् । पत्रकार सम्मेलनमा बाइडेनले दोस्रो कार्यकालकालागि सन २०२४ पनि उम्मेदवारी दिने घोषणा गरे ।




















