काठमाण्डौं – महिना दिन अघि ओछ्यानबाटै बेपत्ता भएका महोत्तरी पिपरा गाँउका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ ।
फागुन १० गते राति वेपत्ता भएका पिपरा गाउँपालिका ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा को शव घर देखी ३ किलो मिटर पर जमिनमा गाडिएको अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार घटनास्थलमा गीतादेवीले लगाएको कपडा, पोते र चुराका साथै मुसाफिरले लगाएको टिसर्टले उनिहरुको पहिचान भएको मृत्तकका छोरा र भतिजालाई उद्वृत गर्दै प्रहरीले जनाएको छ ।
झा दम्पतीको अपहरण आरोपमा प्रहरीले पिपरा गाउँपालिका ५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादवका साथै पिपरा ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुरलाइ पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।




















