काठमाण्डौ – भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै सरकारले देशै भरको विवरण संकलन थालेको छ ।
गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसन सेन्टरबारे विवरण अपडेट गराउन परिपत्र समेत गरेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले सबै जिप्रकालाई परिपत्र गरेको हो । परिपत्रमा सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राख्न र स्वास्थ्य जाँच गर्न पनि भनिएको छ ।




















