काठमाण्डौं – नोवल कोरोना भाइरस (कोभिड–१९)बाट बुधबार नेपालमा थप १४५ जनामा संक्रमण पुष्टि भएको छ ।
देशेको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप १४५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । पछिल्लो २४ घण्टामा ३ हजार ९६३ जनाको स्वाब परिक्षण गरिएको थियो । योसंगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ७६ हजार ३८९ जना पुगेको छ ।
थप १ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २० जना पुगेको छ ।




















