काठमाण्डौ – नेकपा एमालेको केन्द्रीय कार्यालय अब थापाथली सर्ने भएको छ ।
चक्रपथ विस्तारका क्रममा धुम्बाराही आउजाउमा समस्या भएको भन्दै ०७८ साल बैशाख १ गते बाट थापाथलीमा केन्द्रिय कार्यालय सञ्चालनमा ल्याउन लागेको हो ।
थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा केन्द्रिय कार्यालय सञ्चालनमा ल्याउन लागिएको एमालेका एक नेताले बताए । उत्त घर आगामी ५ वर्षकालागि कार्यालय सञचालन गर्ने सम्झौता समेत भइसकेको छ ।
करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको उत्त स्थानमा कार्यालय भवनसहित पार्किङस्थल समेत रहेको छ । पार्टी अध्यक्ष समेत रहेका केपी ओलीले आज भवनको निरीक्षणसमेत गरेका थिए ।
एमालेको कार्यालय २०७२ साल साउन २३ गतेदेखि धुम्बाराहीस्थित पासाङल्हामू स्मृति प्रतिष्ठानबाट सञ्चालन हुदै आएको थियो । २०७२ सालको भूकम्पमा बल्खुस्थितमा रहेको भवन भत्किएपछि धुम्बाराहीमा पार्टी कार्यालय सारिएको थियो ।
पुरानो कार्यालय भवन रहेको बल्खुमै नयाँ भवन शिलान्यास गरी पार्टी कार्यालय बनाउने तयारी पनि भई रहेको एमालेले जनाएको छ ।




















