एजेन्सी – म्यानमारमा सेनाले चलाएको गोली लागेर हाल सम्म २० बालबालिका सहित २७५ जनाको मृत्य भएको छ । सैनिक कु पछि जारी हिंसामा सेनाले लापरवाही तरिकाले गोली चलाउदा उत्त संख्यामा मानिसहरुको मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थालहरुले जनाएको छ ।
यसैबीच सेनाको गोलीबाट मंगलबार घरमै बसेकी ७ वर्षिया बालिकाको पनि मृत्यु भएको छ । मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुका अनुसार सुरक्षाकर्मीले बालिकाको पितालाई लक्षित गरेर प्रहार गरेको गोली बालिकालाई लागेको हो । प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म २० जना बालबालिकाको मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ ।
निर्वाचित राष्ट्रपति विन मिन्ट र प्रधानमन्त्री आङ सान सू चीसहित अधिकांश नेतालाई सेनाले पक्राउ गरेर सैन्य शासन लागु गरिए यता म्यानमारमा सेनाविरुद्ध प्रदर्शन जारी छ । सेनाले प्रर्दशनमा सहभागी भएको भन्दै २ हजार ८१२ जना पक्राउ गरेर विभिन्न मुद्वामा जेल चलान समेत गरेका छन् ।




















