काठमाण्डौं – नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।
संसदीय दलको बैठक विहान साढे १०ः०० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
बैठकमा संसदीय दलको विधान संशोधन गर्ने कार्यक्रम रहेको एक नेताले बताए । तर उत्त बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको समूह भने सहभागी नहुने भएको छ ।




















