काठमाण्डौं – औषधि व्यवस्था विभागले कोरोना भाइरस विरुद्धको कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।
सरकारले भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिन लाई आकस्मिक प्रयोगका लागि अनुमति दिइएको हो ।
नेपालमा यो सहित कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने ३ वटा कम्पनी पुगेको छ । यसअघि नेपालमा कोभिसिल्ड र सिनोफार्मले आकस्मिक प्रयोगका लागि अनुमति पाएको थियो ।
नेपालमा रसियन कम्पनी स्पुतनिक र चाइनिज कम्पनी सिनोभ्याक्सले पनि अनुमतीकालागि विभागमा निवेदन दिएका छन् ।
उक्त निवेदन माथि विभागको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको विभागले जनाएको छ ।




















