काठमाण्डौ – आज देशको विभिन्न भागमा हावाहुरी र चटयाङ्गसहित पानी पर्ने संभावना रहेको छ । मौषम पूर्वानुमान महाशाखाले आज राजधानी सहित पहाडी क्षेत्रहरुमा हावाहुरीसहित हल्का पानी पर्ने र केही स्थानमा चटयाङ्ग समेत पर्ने जनाएको हो ।
शाखाका अनुसार राजधानीको विभिन्न स्थानमा दिउँसो हल्का पानी पर्ने सम्भावना रहेको छ । आज देशको धेरैजसो स्थानको मौसम आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले जनाएको छ ।
स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा चटयाङ्ग पर्ने महाशाखाले जनाएको छ ।




















