एजेन्सी – कोरोना महामारीले पहिले नै थलिएको फ्रान्समा तेस्रो लहर सुरु भएसँगै राजधानी पेरिस सहित १५ शहरमा १ महिनाकोलागि लकडाउन सुरु गरिएको छ ।
सबै शहरमा लकडाउन कडाईका साथ लागु गरिने फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले बताएका छन् । लकडाउनका समयमा अतिआवश्यकबाहेक अरु रोजगारीका कामहरु बन्द रहनेछन् । विद्यालयहरु भने खुल्ने फ्रान्सेली सरकारले जनाएको छ ।
यो लकडाउनमा अतिआवश्यक परेर अर्को शहर जान नपाएता पनि आफु रहेको स्थानबाट १० किलोमिटरसम्मको दूरीमा आउजाउ गर्न पाइने भएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ३५ हजारभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ ।




















