काठमाण्डौं – पुनःस्थापित संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बानेश्वरमा रहेको संसद भवनमा प्रतिनिधि सभाको बैठक दिउँसो १ः०० बजेकोलागि बोलाईएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट २ वटा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । कोइरालाको बिहीबार निधन भएको हो ।
सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म ३ पटक बैठक बसेको भए पनि बैठक उपलब्धिविहीन बनिरहेको छ ।




















