काठमाण्डौं – नेकपा एमालेको नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज पनि जारी रहेको छ । ललितपुरको एक होटलमा जारी भेलाले पार्टीको भावी कार्यदिशा तय गर्नेगरी छलफल भई रहेको जनाईएको छ ।
छलफलमा पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने रणनीतिसहित नेपाल–खनाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो ।
हिजो भएको भेलामा आगामी कार्यदिशा तय गर्न विभिन्न समूह गठन गरिएका छन् । समूहले आफ्नो निस्कर्ष आज प्रस्तुत गर्ने कार्यक्रम छ ।
गठित समूहले पार्टी अध्यक्ष ओलीलाई सच्चाउदै एकता कायम राख्नुपर्ने सुझाब दिने तयारी गरीरहेको बुझिन आएको छ । राष्ट्रिय कार्यकर्ता भेला आजै सक्ने तयारी छ ।




















