उदयपुर – आफ्नै नातिनी बलात्कार गर्ने ६५ बर्षका हजुरवुवालाई जिल्ला अदालत उदयपुरले आजीवन कारावासको सजाय फैसला गरेको छ ।
८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई अदालतले आजीवन कारावासको सजाय फैसला गरेको हो ।
बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई ४० हजार दण्ड जरिवाना सहित आजिवन कारावासको सजाय हुने फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ ।
गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालत पेश गरेको थियो ।




















