काठमाण्डौं – राजधानीको बल्खुमा रहेको सुकुम्बासी बस्तीमा आफ्नै श्रीमतीको हत्या गरी पैसा र गहना लिएर भागेको श्रमिानलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
श्रीमान श्रीमती बिच भएको सामान्य विवादमा श्रीमान सन्तोष सापकोटाल हतौडा प्रहार गरी श्रीमती सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गरेर बाला, २ वटा मुन्द्रा, २३ हजार रुपैयाँ नगद र आइफोन लिएर भागेको अवस्थामा उनलाई पक्राउ गरीएको हो ।
प्रहरीका अनुसार सन्तोष लागूऔषध दुर्व्यसनी हुन् । लागूऔषध सेवन गर्न पैसाको अभाव भए पछी सन्तोषले श्रीमतीको हत्या गरी पैसा र गहना लुटेको महानगरीय प्रहरीले जनाएको छ ।
सोमबार साँझ बल्खुस्थित सकुम्बासी बस्तीमा बोरामा हालेर फालिएको अवस्थामा महिलाको शव भेटिएको थियो । रगतले लत्पतिएको बोरा देखेर स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।




















