काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा गुट सुरू र भ्रष्टाचारीलाई संरक्षण गर्ने काम केपी ओलीले गरेको आरोप लगाएका छन् ।
बुधबारबाट राजधानीमा सुरू राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले मदन भण्डारी फाउन्डेसनमार्फत ओलीले नै गुटको सुरूवात गरेको दाबी गरेका हुन् ।
खनालले ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाउदै महत्वपूर्ण नियुक्तिमा पनि प्रधानमन्त्री ओलीले आफ्ना धुपौरेहरुलाई मात्रै नियुक्ति गरेको खनालले आरोप लगाए ।
उनले पार्टीको संगठनात्मक अवस्थामा अराजकता नै अराजकता भएको बताउँदै आफूहरू पार्टी एकता जोगाउने काममा लागिपरेको बताए ।




















