लमजुङ – लमजङमा चट्याङमा परी १ जना बिद्यार्थीको मृत्यु भएको छ । सोही चट्याङमा परी २ शिक्षक सहित ११ जना घाईते भएका छन् ।
मङ्गलबार क्होलासोथार गाँउपालिका ४ को त्रिभुवन विद्याश्रम माविमा परेको चट्याङमा परी बिनोद बिकको मृत्यु भएको लमजुङ प्रहरीले पुष्टी गरेको हो ।
चट्याङ परी घाईते भएका विकलाई हेली मार्फत पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको भएता पनि विकको बाटोमा नै मृत्यु भएको थियो । सोही चट्याङमा परी स्कुलमा अध्यापन गराउने २ जना शिक्षक र अन्य ९ जना विद्यार्थीहरु पनि घाईते भएका छन् । उनीहरु भने सामान्य रहेको प्रहरीले जनाएको छ ।




















