गोरखा – गोरखाको बुंकोट छापथोकमा भएको एक साँस्कृतीक कार्यक्रममा राष्ट्रिय कलाकार भूमिका गिरीले दर्शक सबैलाई नचाउन सफल भईन् ।
शहिद लखन गाउँपालिका ८ बुंकोट छापथोकमा भएको साँस्कृत कार्यक्रममा गिरीले दर्शकको मन छुने गित गाएर सबैलाई नचाउन सफल भएकी हुन् ।
दाङ जिल्लाकी गिरीले स्थानिय नव ईन्द्रेणी क्लबको आयोजनामा भएको साँस्कृतीक कार्यक्रममा तारा संगै जुन, आधाँ खोला झरेसी भिरालो, फिक्का चियाँ जस्ता गित गाएर दर्शकलाई नचाएको क्लबका अध्यक्ष राजेश श्रेष्ठले बताए ।
गिरीलाई राष्ट्रिय कलाकार कृण्ण रेउले गितमा साथ दिएका थिए । दुवै जनाको गितमा प्रकाशसोनीले सफल नृत्य गरेर सबैलाई प्रभावित पारेका थिए । शिवरात्रीमा सन्तानेश्वर मन्दिरको कार्यक्रम संगै भएको उत्त कार्यक्रममा क्लबले साँस्कृत टोलीदलाई राजधानीबाट ल्याएका थिए ।
कार्यक्रममा ३ लाख ५० हजार देखी ४ लाख सम्म खर्च भएको क्लबले जनाएको छ । तर कार्यक्रमबाट स्थानिय र संघ संस्थाबाट १ लाख ५० हजार र कार्यक्रममा उपस्थित दर्शकहरुबाट २५ हजार रकम उठेको थियो ।
क्लबका अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि यस्ता कार्यक्रम गाउँमा ल्याउने र मनोरञ्जन दिने बताए ।




















