सर्लाही – सर्लाहीका पत्रकार बख्तियार अलीमाथि आक्रमण भएको छ । ज्यान मार्ने उद्देश्यका साथ बिहीबार साँझ घरको ढोका अगाडी उनकै भाइले आक्रमण गरेका हुन् ।
एभिन्यूज टेलिभिजनकालागि सर्लाही बाट काम गदैृ आएका उनलाई मलंगवा नगरपालिका १० स्थित आफ्नै घर अगाडी उनीमाथि हथौडा प्रहार भएको सर्लाही प्रहरीले पुष्टी गरेको छ ।
आक्रमणवाट अलीको टाउको र शरिरका विभिन्न स्थानमा चोट लागेको छ । अलीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
आक्रमणपछि भाइ फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ । सर्लाहीका पत्रकारहरुले पनि दोषिलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।




















