मोरङ – प्रधानमन्त्री केपी शर्मा ओलीको समूहका केन्द्रीय सदस्य रहेका मोरङका युवराज बाँस्कोटा हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटालाई हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको पुष्टी गरेको हो ।
मोरङको पथरीशनिश्चरे १० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्यामा संलग्न भएको आरोपमा बास्कोटालाई मोरङ प्रहरीले बुधबार नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । गत पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए ।
त्यसपछि मृतकका परिवारले पुस २६ गते ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दर्ता गराएका थिए । किटानी जाहेरी परेपछि मोरङ अदालतदेखि मंगलबार पक्राउ पूर्जी जारी दिएपछि उनलाई पथरीबाट पक्राउ गरिएको हो ।
मृत अवस्थमा फेला परेका भण्डारीको शरीरमा निलडाम र कानमा पनि चोट देखिएको थियो ।




















