काठमाण्डौं – नेकपा माओवादीको स्थायी समितिको बैठक आज पनि बस्दै छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक घटना क्रममा केन्द्रित हुने बताईएको छ ।
बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सरकार गठन, पार्टीको आन्तरिक संगठनका विषयमा छलफल हुने बताइएको छ ।
मंङ्गलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष पुष्प कमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।
मंङ्गलबार बसेको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा छलफल गरेको थिएन । पछिल्लो समय नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको छ ।




















