सुर्खेत – दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेर आत्माहत्या गरेकी छिन् ।
सोमबार आठबिस नगरपालिका ३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा हालम फालेका मध्ये २ छोरीको शव भेटीएको छ भने अन्यको खोजी भई रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेत प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका ४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा अल्झीएको अवस्थामा फेला परेको हो ।
आमा सुकी सहित १० वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवालको भने खोजतलास भइरहेको छ ।
बेपत्ता सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।




















