काठमाण्डौं – आजबाट देशैभर ६५ वर्षभन्दा माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप शुरु गरिँदै छ ।
कोरोना विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत देशैभर एकैसाथ खोप अभियान शुरु गर्न लागिएको हो
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै खोप लगाउँदैछन् । ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १०ः०० बजेपछि खोप लगाउने कार्यक्रम तय गरिएको छ ।
आजैबाट सवारी चालक, सह–चालक र शिक्षकहरुलाई समेत खोप दिइँदै छ । आजै कोभ्याक्सको अनुदान मार्फतको कोरोना भाइरसविरुद्धको ३ लाख ४८ हजार डोज खोप राजधानी आइपुग्ने भएको हो ।
कोभ्याक्सले कुल जनसङ्ख्याको २० प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने छ ।




















