एजेन्सी – म्यानमारको सेनाले सञ्चालन गरेका ५ च्यानल युट्युबले हटाइदिएको छ । सरकार विरुद्ध भएको प्रदर्शनमा सेनाले बल प्रयोग गरेको र हिंसा बढदै गएको भन्दै युट्युबले सेनाका च्यानल हटाइदिएको हो ।
सामाजिक निर्देशिका उल्लंघन गरेका कारण ५ च्यानल हटाइएको युट्युबले जानकारी दिएको छ । फेब्रुअरी १ मा सेनाले निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हत्याएसँगै त्यसको विरोधमा म्यानमार प्रदर्शन हुँदै आएको छ ।
प्रदर्शन नियन्त्रण गर्न सेनाले बल प्रयोग गर्दै आएको छ । बल प्रयोगका कारण कयौं प्रदर्शनकारी घाइते भएका छन् भने धेरैको मृत्यु भइ सकेको छ ।
म्यानमारमा सुरक्षाकर्मीको बल प्रयोगावाट हालसम्म ५५ जनाको मृत्यु भएको छ ।




















