काठमाण्डौं – साँसद माया ज्ञवाली दाहाल–नेपाल समूहमा फर्किएकी छन् ।
प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृ ज्ञवाली गएको पोष महिनामा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेकी उनी केही सयम पछि नै ओली समूहमा सहभागी भएकी थिइन् ।
दाहाल–नेपाल समूहले आज सिंह दरर्बारमा बोलाएको संसदीय दलको बैठकमा ज्ञवाली सहभागी भएर ओली समूहबाट बाहिरीएको जानकारी दिईएकी छन् ।




















