काठमाण्डौं – नेपाल सरकारले फागुन २३ फागुनदेखि शुरु गर्न लागेको कोरोना विरुद्धको खोपको प्राथमिकतामा परिबर्तन गरी ६५ वर्ष माथिकालाई राखेको छ ।
सम्झौता बमोजिम खोप नआएपछि ५५ वर्ष उमेर समूहलाई परिर्बतन गरी ६५ वर्ष पुर्याइएको हो ।
सरकारले २ साताभित्रै २० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइपुर्याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो । सम्झौता मुताविक १० लाख डोज खोप समयमै नआउने भएको स्वास्थ्य सेवा विभाग जनाएको छ ।
सोही कारण खोपको उपलव्धता अनुसार दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकाहरुलाई प्रार्थमिकतामा राखिएको हो ।




















