एजेन्सी – न्युजिल्यान्डमा ७.२ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । जिस्बन शहरवाट करिब १७८ किलोमिटर टाढाको जमिनको गहिराइ केन्द्रविन्दु भएर ३ पटक भुकम्प गएको हो ।
भुकम्पपछि उत्तरी टापुहरुको तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । सो क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन सरकारले आग्रह गरेको छ । सरकारको आग्रहसँगै सो क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा सरेका छन् ।
भूकम्पका कारण न्यू क्यालेन्डोनिया र भानुआटुको दक्षिणी क्षेत्रमा पानीको छाल र सतह बढेको छ । सो क्षेत्रमा १० फिटभन्दा माथिसम्म पानीका छालहरु आएकाले थप क्षति हुन नदिन सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको हो ।
भूकम्पपछि पेरु, इक्वेडर र चिलीलगायतका राष्ट्रहरु सुनामीबाट प्रभावित हुने अनुमान गरिएको छ । न्यूजिल्याण्डमा प्राय भुकम्प गइरहन्छ ।




















