काठमाण्डौं – विगत २ वर्षदेखि भूमिगत भएका नेत्रविक्रम चन्द (विप्लप) आज राजधानीमा सार्वजानिक हुने भएका छन् ।
सरकारसँग चन्द नेतृत्वको नेकपा बिच ३ बुँदे सहमति गरेपछि उनी राजधानीको राष्ट्रिय सभागृहमा हुने सम्झौता समारोहमा सार्वजानिक हुन लागेका हुन् ।
उनी आफ्नै जनसेनाको सुरक्षा घेरामा कार्यक्रममा सहभागी हुने बताइएको छ । समारोहमा सरकारसँग भएको सम्झौतामा हस्ताक्षर गर्नुका साथै चन्दले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । सरकार र चन्द नेकपाबीच भएको विस्तृत राजनीतिक सहमति पनि सोही कार्यक्रममा सार्वजनिक हुँदैछ ।
सहमतिसँगै बिहीबार नै सरकारले प्रतिबन्ध फुकुवा गर्नुका साथै पक्राउ परेका सबैलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने निर्णय गरिसकेको छ ।




















