काठमाण्डौं – ललितपुरको नख्खुमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।
नख्खुदोबाटो जिपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहालको मृत्यु भएको ललितपुर प्रहरीले पुष्टी गरेको हो ।
बुधबार बिहान ५ः१५ बजे बाटो पार गर्दै गरेकी दाहाललाई स. १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा आजै बिहान ६ः०० बजे मृत्यु भएको हो ।
जिपसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




















