काठमाण्डौं – भारतबाट अनुदानमा प्राप्त कोरोना विरुद्धको खोप लगाएका १ जना पत्रकारलाई १६ दिन पछि संक्रमण पुष्टी भएको छ ।
गएको माघ ३० गते खोप लगाएका पत्रकार दामोदरप्रसाद दवाडीलाई संक्रमण पुष्टी भएको हो । उनले निजामती अस्पताल काठमाण्डौंमा खोपको पहिलो डोज लगाएका थिए ।
खोप लगाएको २ सातापछि गएको शुक्रबार पीसीआर परिक्षण गराउदा दवाडीलाई कोरोना संक्रमण देखिएको दवाडीले बताए । जिउ दुख्ने, ज्वरो आउने र खोकीसमेत लागेपछि स्वास्थ्य जाँच गराउदा संक्रमण देखिएको हो ।दवाडी होम आइसोलेसनमा बस्दै स्वास्थ्य लाभ लिई रहेका छन् ।
कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन् । पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ ।




















