फाइल फोटो
काठमाण्डौ – सरकार पक्षबाट वार्ता टोली गठन भएसँगै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले सरकारसँग वार्ता गर्ने गरी समिति गठनको तयारी थालेको छ ।
विप्लव समूहले खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा वार्ता टोली गठन गर्ने तयारी भइरहेको जनाएको छ ।
विप्लवसँगको वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई सदस्य रहेको समिति गठन गरिसकेको छ ।




















