ताप्लेजुङ – ताप्लेजुङकै दोस्रो ठुलो दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेर नष्ट भएको छ ।
जिल्लाको मेरिङ्देन गाउँपालिका ३ दोभान बजारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
मंगलबार बिहान १० बजे विद्युत् सट भएर भएको आगलागीमा परी अहिले सम्म ३५ घर नष्ट भई सकेको छ भने अन्य घरमा आगो सल्कने क्रम जारी रहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
ताप्लेजुङबाट आएको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरबाट पनि आउँदै गरेको प्रहरी कार्यालयले जानाएको छ ।
केही सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण लिने प्रयास गरिरहेका छन् ।




















