काठमाण्डौं – केही दिन अगाडी पेटमा क्यान्सर भएको आशंकामा भारतमा उपचारका गराउन गएका डा.बावुराम भट्टराई आज स्वदेश फर्कदै छन् ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.भट्टराई उपचार पछि स्वदेश फर्कन लागेका हुन् । उनी नेपाल वायु सेवा निगमको जहाजमार्फत काठमाण्डौं फर्कन लागेका हुन् ।
पेटको समस्या भएपछि क्यान्सरको आशंकामा उपचारका लागि उनी नयाँ दिल्ली गएका थिए । चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंका गर्दै उनलाई उपचारका लागि दिल्ली जान सुझाव दिएका थिए ।
परीक्षणका क्रममा चिकित्सकले आवश्यक सबै परीक्षण गर्दा ट्युमरमा क्यान्सर भइनसकेको पुष्टि गरेपछि भट्टराई स्वदेश फर्कन लागेका हुन् ।
ट्युमरको शल्यक्रिया भने तत्कालै गराउन चिकित्सकले डा.भट्टराईलाइ सल्लाह दिएका छन् । उनको नयाँदिल्लीस्थित एकिकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गरिएको हो । भट्टराई फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।
तस्बिर डा.बावुराम भट्टराईको फेसबुक पेजबाट कपी गरिएको हो






















