काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकले पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगलाइ आफुहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति अनुरोध गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै सो कुरा मान्य नहुने प्रवक्ता श्रेष्ठले बताए ।




















