एजेन्सी – म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ भने २ दर्जन भन्दा बढी घाईते भएका छन् ।
बीबीसीले जनाए अनुसार म्यानमासमा प्रहरीको गोली लागेर ३० जना भन्दा बढी घाईते भएका छन् । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको थियो ।
म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता कब्जा गरे देखी दिनहुँ प्रदर्शन भइरहेको छ ।
सेनाले म्यानमारमा १ वर्षको लागि सङ्कटकाल घोषणा गरिएको छ ।




















