काठमाण्डौं – सर्वोच्च अदालतले छाड्न आदेश दिएको विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाण्डौं ल्याइएको हो ।
पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उनलाई सर्वोच्चले पटक पटक छाड्न आदेश दिएता पनि प्रहरीले पक्राउ गर्दै आएको छ ।
उनीमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरि काभ्रे पठाउने तयारी भइरहेको परिसर जनाएको छ ।
सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो । तर अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको हो ।




















