काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन सम्वन्धी काम टुगाएको छ । सो समूहले ६८ जिल्लको अध्यक्ष र सचिव चयन गरेको विवरण सार्वजानिक गरेको छ ।
सहमती अनुसा पूर्व माओवादी पक्षले ३५ जिल्लाको नेतृत्व पाएको छ भने पूर्व एमाले पक्षले ३३ जिल्लाको नेतृत्व पाएको छ ।
समूहको काठमाण्डौं जिल्ला अध्यक्षमा बसन्त मानन्धार र सचिवमा हिमाल शर्मालाई चयन गरेको छ भने ललितपुरमा अध्यक्षमा हरिकृष्ण थापा र सचिवमा राजकाजी महर्जनलाई चयन गरेको छ ।
आइतबार पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी जारी गरिएको मापदण्ड सार्वजनिक भएको थियो । अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेको र ती जिल्लामा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने बताइएको छ ।
























