पोखरा – नेलम्बो नामक गैर सरकारी संस्थाले पोखराका १० वटा बिद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
पोखरा महानगरपालिका २० मा रहेको २ वटा मावि र ८ वटा आधारभुत गरी १० वटा सामुदायिक विद्यालयहरु र वडा कार्यलयलाइ नेलम्बो नेपालले स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो ।
नेलम्बो नेपालले सेनिटाइजर, सेनिटाइजर स्टयाण्ड, स्प्रे बोटल, थर्मल गन, डिस्पोजेवल मास्क, केएन नाइन्टीफाइभ मास्क, फेससिल्ड, सावुन लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको नेलम्बो नेपालले जनाएको छ ।
महानगरपालिका २० का अडाध्यक्ष सिम गुरुङले आफ्नो वडामा रहेको सामुदायिक विद्यालयहरुलाई स्वास्थ्य सामाग्रीहरु प्रदान गरेकोमा खुशी ब्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्यमा सजग वनाउन ठूलो भुमिका खेल्ने वताए ।
नेलम्बो नेपालले श्री महेन्द्र मावि रयालेचौर, हिमालय मावि मौजा, महेन्द्र राष्ट्रिय आधारभुत विद्यालय भलामखोर, देवी आधारभुत विद्यालय भलाम डाडागाउ, विरेन्द्र आधारभुत विद्यालय भलाम तल्लो चौर, भलाम आधारभुत विद्यालय भलाम, जनचेतना आधारभुत विद्यालय पिपलडालि, ज्ञानोदय रघु आधारभुत विद्यालय मौजा, सीता आधारभुत विद्यालय आटीघर र सस्वती वीरमाया आधारभुत विद्यालय भलामलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।




















