सुर्खेत – वीरेन्द्रनगरमा बर्डफ्लु देखिए संगै ठुलो संख्यामा कुखुरा र परेवा नष्ट गरिएको छ । वीरेन्द्रनगर नगरपालिका १२ को नौलोटोलका स्थानीयको कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो ।
केन्द्रीय प्रयोगशालाले सुर्खेतमा गरिएको परिक्षणमा बर्डफ्लु पुष्टि भए संगै त्यहाँका कुखुरा र परेवा नष्ट गरिएको छ । केही दिनअघि शंकाको आधारमा परीक्षणका लागि काठमाण्डौं पठाएकामा बर्डफ्लु पुष्टि भएपछि झण्डै ४०० कुखुरा र परेवा नष्ट गरिएको हो ।
रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणकालागि जनशक्ति परिचालन गरिएको छ । उत्त क्षेत्रमा केन्द्रबाटै पशु चिकित्सकको विज्ञ टोली खटीएको छ ।
बर्डफ्लु पुष्टी भए संगै तत्काललाई भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाइएको छ ।




















