एजेन्सी – म्यानमारमा भएको बिरोध प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागगी २ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
शनिबार सुरक्षाकर्मीले माण्डलेमा गोली चलाउँदा २ जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
यसअघिको प्रदर्शनमा पनि सुरक्षाकर्मीको गोली लागी १ जना महिलाको मृत्यु भइसकेको छ ।
गएको माघ १९ गते म्यानमारमा सेनाले कु गरी सत्ता हत्याएको थियो । त्यसलगत्तै सुरु भएको विरोध प्रदर्शन रोकिएको छैन ।




















