काठमाण्डौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान गरेका छन् ।
स्वास्थ्यमा समस्या आए पछि डा.भट्टराई उपचारका लागि नयाँदिल्ली गएको उनको सचिवालयले जनाएको छ । लामो समयदेखि काठमाण्डौंको निदान अस्पतालमा स्वास्थ्य उपचार गराई रहेका उनलाई परीक्षणका क्रममा पेटमा समस्या देखि पछि थप उपचारकालागि दिल्ली गएका हुन् ।
चिकित्सकहरुले उनलाई न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेका छन् । डा.भट्टराईको दिल्ली स्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उपचार हुने सचिवालयले जनाएको छ ।




















