काठमाण्डौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेकी छन् । प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राष्ट्रपति भण्डारीले झालाई नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
परियार २०७६ कार्त्तिक १८ गते प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
प्रदेश प्रमुख परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए । बीचमा उनी मोहन वैद्यसँग गएका थिए । उनी केही समय नेत्रविक्रम चन्द ‘विप्लव’ को समूहमा थिए । पछि उनी फेरि माओवादीमा फर्किएका थिए ।





















