काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालमा पुगेका छन् । अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रधानमन्त्री ओली सर्वोच्चमा पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेको कारण प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको थियो । प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दायर गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफै अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
प्रधानमन्त्री ओली सर्वोच्च अदालमा लिखीत जवाफ पेश गरेर पनि फर्कीएका छन् ।




















