काठमाण्डौं – चीनमा विकास गरिएको कोरोनाविरुद्ध खोप ‘भेरो सेल’लाई नेपालमा पनि आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको छ ।
औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो । ‘भेरो सेल’ बेइजिङ इन्स्टिच्युट बायोलिजकलले उत्पादन गरेको हो ।
नेपालमा स्वीकृति पाउने यो दोस्रो खोप हो । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेर भारतमा उत्पादन भएको कोभिसिल्ड माघ १४ गतेदेखि नेपालमा प्रयोगमा आई रहेको छ । भारतले उत्त खोप नेपालाई अनुदानमा उपलब्ध गराएको हो ।
यसैबीच सरकारले यही फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाउने तयारी थालेको छ । जेष्ठ नागरिकका लागि भारतवाट २० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















