गुल्मी – गुल्मीको रेसुंगा १४ पराल्मीको ठूलोपँधेरामा जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भने ६ जना घाइते भएका छन् ।
बुधबार साँझ जिल्ला सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु. १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका १४ ठूलो पधेरा भन्ने दुर्घटना भएको गुल्मी प्रहरीले पुष्टी गरेको हो ।
दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
जीपमा सवार अन्य ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारको लागि पाल्पा पठाइएको छ । ११ जना सवार रहेको जीपमा २ जना भने हाम फालेर जोगिएका थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको जीप सडकबाट करिब ६०० मिटर तल खसेको छ ।




















