बैतडी – बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका दिनेश भट्टलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
उत्त प्रकरणमा संलग्नता पुष्टि भएको भन्दै भाई नाता पर्ने भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
दिनेश पनि सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्थे बिद्यार्थी भएको प्रहरीले जनाएको छ । घटनामा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बैतडी प्रहरी कार्यालयले जनाएको छ ।




















