पोखरा – मगंलबार बिहान पोखराको नदिपुर स्थित कोपिलढुङ्गामा मृत बच्चाको टाउको र हातको पञ्जा भेटिएको छ । बच्चाको टाउको हिलोले लत्पतिएको अबस्थामा बाटोमा र हातको पञ्जा नजिकैको घर छेउमा भेटिएको प्रहरीले पुष्टी गरेको छ ।
टाउको र हातको पञ्जा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शरिरको अन्य भाग हालसम्म नभेटिएका कारण पनि बच्चालाई कसैले मारेर फालेको हो या अरू केहि रहस्य छ भन्ने कुरा अनुसन्धानको बिषय बनेको छ ।




















