काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १०५ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षण्का क्रममा थप १०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ ।
२ लाख ६९ हजार ३०३ जनाले भने कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा ९९ जनाले कोरोना जितेका छन् । देश भर १ हजार ५८१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनएको छ ।




















