झापा – झापाको भद्रपुरमा श्रीमानले ढुंगाले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
भद्रपुर ७ बुथकरण चिया बगानको १० नम्बर क्वार्टरमा बस्दै आएका ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउलाई सोमबार दिउँसो ढुंगाले हानेर गंभिर घाईते बनाएका थिए । घाईते श्रीमतीको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टी गरेको हो ।
श्रीमान श्रीमती बिच सामान्य विषयमा विवाद हुँदा हानेको ढुङ्गाले श्रीमतीको टाउकोमा लागे र उनको मंगलबार बिहान २ बजे उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनामा संलग्न श्रीमान साहेबा उराउलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार साहेबाका श्रीमती संग रक्सीको बिषयमा विवाद भएको थियो ।




















